अन्धविश्वासका विरुद्ध सचेतना अभियान कार्यक्रम सञ्चालन - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

अन्धविश्वासका विरुद्ध सचेतना अभियान कार्यक्रम सञ्चालन



लक्ष्मी भट्टराई /पहलमानपुर,कैलाली ।
अखिल (छैठौ) कैलालीले अन्धविश्वासका विरुद्ध सचेतना अभियान कार्यक्रम सञ्चालन गरेको छ ।

समाजको सामाजिक चेतना बिकसित गर्ने हेतुले बिध्यालय स्तरिय कार्यक्रमका साथै कैलालीका बिभिन्न स्थानमा कोणसभाको आयोजना गरिएको अनेरास्वबियु ( छैठौ)का जिल्ला अध्यक्ष हेमराज भट्टले बताउनु भयो ।

आईतबार कैलालीको धनगढी बाट सुरू भएको सचेतना अभियान सोमबार चौमाला , मसुरिया , घोडाघोडी नगरपालिकाको सुखडमा कोण सभा गरेको थियो । साथै देउकलीया मा फागुन २४ गते अन्तराष्ट्रीय नारी दिबसका दिन सामाजिक अन्धबिस्वासको चपेटामा दर्दनाक यातना खेपेकी राधा चौधरीलाई सम्मान कार्यक्रमको समेत आयोजना गरिएको थियो । राधा सम्मान पश्चात राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्षिराम आचार्यले अझै हाम्रो समाजमा जन्म पक्षिय गलत संस्कार -संस्कृतिका कारण गुरुवा ,धामी , झाक्रीको बिश्वासमा उपचार गराउने परिपाटी रहेकाले अब त्यसको अन्त्यको लागी सबै लाग्नु पर्नेमा जोडदिनु भयो ।

अनेरास्वबियु (छैठौ )जिल्ला समिती कैलालीको आयोजनामा भएको कार्यक्रममा राष्ट्रीय जनमोर्चाका जिल्ला अध्यक्ष लक्षिराम आचार्य ,अनेरास्वबियु (छैठौ)का जिल्ला अध्यक्ष हेमराज भट्ट ,केन्द्रिय सचिब महेश जोशी ,केन्द्रीय सदस्य उमेश कंडेल लगायतकाले कार्यक्रममा सम्बोधन गर्नु भएको छ । कार्यक्रम २९ गते (मंगलबार) टिकापुर पुगेर समापन हुने आयोजकले जानकारी दिएको छ ।