आम्दाको लापरवाहीले बालकको मृत्यु : अस्पतालमा तनाव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आम्दाको लापरवाहीले बालकको मृत्यु : अस्पतालमा तनाव



बुटवल । सिद्धार्थ वाल तथा महिला (आम्दा) अस्पतालको लापरवाहीका कारण एक बालकको मृत्यु भएपछी अस्पतालमा तनाव सृजना भएको छ ।  समयमा डाक्टर नआएपछी बालकको ज्यान गएको हो ।

बालकका आफन्तले अभिभावकले शव उठाउन नमानेको बताइएको छ । बुटवलस्थित देबिनगरका नारायण दर्लामीका १० महिनाका छोराको सोमबार साँझ अस्पताल ल्याएको केहि समयमा मृत्यु भएको जनाइएको छ ।

बालकका आफन्तले घटनाको छानवीनको माग गरेका छन । चिकित्सक समयमा नआएपछि उनको मृत्यु भएको उनीहरुको आरोप छ ।

साँझ ६ बजे अस्पतालमा भर्ना गरेपनि एक डेढ घण्टासम्म चिकित्सक नआएको आफन्तले बताएका छन् ।