छोरी हत्याको आरोपमा आमा पक्राउ - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

छोरी हत्याको आरोपमा आमा पक्राउ



चितवन – छोरी हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुर सुन्दरबस्तीकी ३५ बर्षीया शोभा परियारलाई पक्राउ गरेको छ ।

शोभाकी १४ बर्षीया छोरी ममता परियार असार ८ गते सलले पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

ममताको हत्या भएको भन्दै उनको घरमा जम्मा भएर स्थानीयले बिहीबार नाराबाजी गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

स्थानीयको बिरोधपछि छोरीको अन्तिम संस्कार रोकेर क्रियामा बसेकी शोभालाई प्रहरीले पक्राउ गरेको हो ।

ममता जमुनापुर माविमा कक्षा ९ की छात्रा थिइन् । स्कुलबाट घर आउँदा आमाले मादक पदार्थ सेवन गरिरहेको देखेर ममताले नखान भनेकी थिइन् ।

छोरीले सम्झाउँदा शोभाले अपशब्द प्रयोग गरेर गाली गरेको स्थानीय बताउँछन् ।

अपशब्द बोलेपछि ममताले आमलाई थप्पड हानेकी थिइन् । सोही रिसमा शोभाले ममताको हत्या गरेको आरोप स्थानीयको छ ।