आम आदमी पार्टीको हरिबिजोग - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आम आदमी पार्टीको हरिबिजोग



काठमाडौं –भारतको मतगणनामा आम आदमी पार्टीको हरिबिजोग देखिएको छ । पञ्जाबको संगरूर सीटमा आम आदमी पार्टीका उम्मेदवार भगवन्त मानले मात्र अग्रता लिएका छन् ।

त्यहाँ शिरोमणि अकाली दलबाट परमिन्दर सिंह ढींढसा र कांग्रेसका केवल सिंह ढिल्लन पनि उठेका छन् ।

रुझानहरूका अनुसार, भगवन्त मान अघि छन् र केवल सिंह दोस्रो स्थानमा छन् ।

यही एउटा सीटमा मात्र आम आदमी पार्टीका उम्मेदवार अघि छन् ।

अघिल्लो लोकसभा चुनावमा भगवन्तले यही सीटमा राम्रो अन्तरले जीत हासिल गरेका थिए ।

लामो समयसम्म यो सीटमा अकाली दलको कब्जा थियो तर पछि कांग्रेस उम्मेदवारले पनि जीत हासिल गरेका थिए ।

सन् २०१४ मा चाहिँ भगवन्त जितेका थिए । उनी आपका स्टार उम्मेदवार हुन् । उनले कमेडियनका रूपमा आफ्नो पहिचान बनाएका छन् ।

एजेन्सी