२०७६ असार २, सोमवार

आलोपालो सरकार नहुन सक्ने

June 12, 2019
39 Views

काठमाडौं -प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सरकारको कार्यशैलीबारे छलफल भए पनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको बताए। नेकपाका अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बताइएको छ । दाहालले यस विषयलाई प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला टेलिभिजन अन्तरवार्तामा सार्वजनिक गरेका थिए। यद्यपि सहमतिपत्र पहिले नै बाहिर आइसकेको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकार दीर्घकालीन योजना तय गरेर अघि बढेको छ ।’ जनताको चाहना राजनीतिक स्थायित्व र विकास रहेकाले त्यसमा सरकार एकचित्त भएर लागेको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ध्रुवराज अर्यालले लेखेका छन् ।

Facebook Comments

सम्बन्धित खवर

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते
समाचार
shares5 views
समाचार
shares5 views

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते

विशाल पाण्डेय - २०७६, २ असार १७:३९

कैलाली । बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बझाङको सदरमुकाम…

जादुगरलाई जादुले धोका दिएपछि…..
अन्तराष्ट्रिय
shares12 views
अन्तराष्ट्रिय
shares12 views

जादुगरलाई जादुले धोका दिएपछि…..

Himalpost Desk - २०७६, २ असार १७:००

कोलकाता । भारतको पश्चिम बङ्गालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा…

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर
समाचार
shares11 views
समाचार
shares11 views

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर

Himalpost Desk - २०७६, २ असार १६:५२

बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जिप  डौठी भन्ने ठाँउमा…