सरकारको आलोचना गर्न अर्थमन्त्री शर्माको आग्रह - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सरकारको आलोचना गर्न अर्थमन्त्री शर्माको आग्रह



काठमाडौं- सरकारको आलोचना गरिदिन अर्थमन्त्री जनार्दन शर्माले आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी योजना ल्याउने बताएका छन् ।

सोमबार पत्रकार महासंघसँगको छलफलमा शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐन कानुन निर्माण, संस्थागत कमीकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गरे ।

उनले सत्यतथ्य सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ आलोचना गर्न समेत आग्रह गरे ।

महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले मन्त्री शर्मालाई कार्य सफलताको शुभकामना दिदै कोभिडले सञ्चार क्षेत्रमा धेरै ठुलो प्रभाव परेको भन्दै पत्रकारहरू पेशाबाट विमुख हुने अवस्था रहेको अवगत गराए ।

महासंघका महासचिव रोशन पुरीले कोभिडले श्रमजीवी पत्रकार तथा तिनका आश्रित परिवारलाई ठुलो मारमा पारेको भन्दै सरकारले त्यसको समाधानका लागि योजना ल्याउनुपर्ने बताए ।