मन्त्री आलेले भने: धर्मशाला हेर्न आएको त ‘सेभेन स्टार होटल’ पो रहेछ
काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पशुपतिनाथस्थित धर्मशालाको अवलोकन गरेका छन् । उनले धर्मशाला भनेर हेर्न आएको तर आफूलाई सेभेन स्टार होटल जस्तै लागेको बताए ।
उनले अवलोकन गर्दै पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा पनि छानबिन हुने भन्दै दोषी पाइए कारवाही गरिने बताए ।
उनले त्यहाँ निर्माण गरिएको सबै संरचनाको निरीक्षण गरेका थिए ।
“समिति गठन भएको छ, हामीले प्रतिवेदन सार्वजनिक गर्नेछौँ । यहाँ त फाइभ स्टार होइन सेभेन स्टार बनाइएको रहेछ । म सक्ड भएँ,” आलेले भने, “भोलि प्रतिवेदन आएपछि बताउँछु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीले संयुक्त उद्घाटन गर्नुभएको हो । २५ करोड भारतले लगानी गरेको छ । सस्तो सुलभ मूल्यमा बस्न पाउन् भनेर बनाइएको हो । धर्मशालाको रुप होइन सेभेन स्टार बनाइएको रहेछ ।”