राजीनामा दिनुपर्ने आले अझै माधव नेपालको वरीपरी - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

राजीनामा दिनुपर्ने आले अझै माधव नेपालको वरीपरी



जगत ओलीसँग अश्लील गालीगलौजसहितको भिडिओ संवाद बाहिरिएपछि आलोचनामा परेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले मंगलबार बाराको निजगढ पुगेका छन्।

अश्लील शब्दको प्रयोग गर्दै बोलिएको भिडिओ संवाद बाहिरिएपछि राजीनामाको दबाबबीच मन्त्री आले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँगै निजगढस्थित प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा पुगेका हुन्।

अध्यक्ष नेपालसँगै पुगेका उनी निजगढ पुगेर समाजवादी कार्यकर्ता र स्थानीयसँग फोटो खिच्न व्यस्त भएका छन्।

पछिल्लो पटक संस्कृति मन्त्री भएसँगै उनी सडकमा उत्रिएर विभिन्न कारबाहीका नाममा भाइरल भइरहेका छन्।

भाइरल मन्त्रीको समेत उपनाम पाइसकेका उनी र एमाले कार्यकर्तासमेत भनिएका ओलीबीचको भिडिओ कल संवाद मंगलबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।

यसअघि एमाले सरकार हुँदा यस्तै विवादमा परेर तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङ र सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए।

तर पाँच दलीय गठबन्धन सरकार बनेपछि गत माघ ५ गते रौतहटको गौरमा पुगेर भौतिक मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै नरसंहार मच्चाउने चेतावनी दिँदा पनि उनलाई जोगाइएको थियो।

यादवले आलेको जस्तै भिडिओ बाहिरिँदा पनि गल्तीसमेत नस्विकारी पदमा कायमै छिन्। यता आलेका स्वकीय सचिव हेमन्त रेग्मीले उक्त भिडिओ इडिट गरेर सार्वजनिक गरेको भन्दै यो प्रकरण ढाकछोप कोसिस गरिरहेका छन्।