योगेश भट्टराइमाथि खनिए प्रेम आले - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

योगेश भट्टराइमाथि खनिए प्रेम आले



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नेकपा एमालेका नेता तथा पूर्वमन्त्रीसमेत रहेका योगेश भट्टराईमाथि छेडछाड गरेका छन् । उनले नेता भट्टराईको नाम नलिई त्यस्ता नेताहरूकै कारण देश बिग्रिएको बताएका छन् ।

खासगरी नारायणहिटी दरबारमा कफी शप खोल्न लागिएको विषयले पछिल्लो समय उनले भट्टराईमाथि पुराना कुराहरु सम्झाउंदै विभिन्न खालका अभिव्यक्तिहरु सार्वजनिक गर्दै आएका छन् । नेताहरुको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् ।

योगेश भट्टराई मन्त्री भएकै बेलामा नारायाणहिटी बतासलाई बुझाउने लगायतका काम भएको भन्दै यस्तै नेताहरूका कारण नेताहरूलाई जनताले पत्याउन नसक्ने अवस्था भएको बताएका छन् ।

शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले बतास समुहसँग सेटिङ गरि सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरुमा बतास समुहसँग सम्बन्धित मान्छेहरुलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए ।

उनले राजनीतिज्ञहरुका कारण देशको हरेक क्षेत्रहरु दूषित भएको आरोपसमेत लगाए ।

सम्बोधन गर्दै आलेले भने, ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डरप्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो।’

उनले योगेश भट्टराले बतासलाई धर्मशाला बुझाएको समेत बताए ।