मेरो आफ्नै पार्टीमा आएपनि योगेशलाई छोड्दिन - आले - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

मेरो आफ्नै पार्टीमा आएपनि योगेशलाई छोड्दिन – आले



संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राजनीतिक प्रतिशोध साँध्नका लागि आफूले कुनै काम नगरेको बताएका छन् । 

भारत सरकारद्वारा निर्मित पशुपति धर्मशालाको अवस्था बुझ्न तिलगंगा पुगेका उनले पूर्व पर्यटन मन्त्री योगेश भट्टराईबारे सोधिएको प्रश्नमा यस्तो भनेका हुन् । 

नारायणहिटी दरबार संग्रहालयसहितका सरकारी संरचना भाडामा दिएको कुरामा आलेमाथि पूर्व मन्त्री भट्टराईसँग प्रतिशोध साँध्न खोजेको आरोप लागेको छ।

‘मैले कसैमाथि राजनीतिक प्रतिशोध साँध्नु जरुरी छैन। योगेश भट्टराई र कुनै बेला एकै पार्टीमा थियौँ’, उनले भने, ‘यति बुझ्नुस् पहिलाको मन्त्री मेरै पार्टीको भए पनि म यही काम गर्थेँ।’

उनले आफू कुनै नेता र मन्त्रीहरूप्रति पूर्वग्राही नभएको पनि बताएका छन्। ‘म कसैप्रति पूर्वाग्राही भएर होइन। तीन करोड नेपालीको शिर ठाडो बनाउन लागेको हुँ’, उनले भने, ‘यदि बदमासी भएको भए मेरो पार्टीकै पूर्वमन्त्री भए पनि म कारबाहीमा उत्रिन्थेँ।’

उनले आफूले गल्ती गरे पनि कारबाही भोग्न तयार रहेको बताए। ‘मैले गल्ती गरे पनि कारबाही हुन्छ। सानो माछा, विचौलिया माछा पनि समातिनेछ’, उनले भने, ‘मलाई कुनै तनाव छैन। दुई दिनअघिसम्म एक सय किलो थिएँ, दुई दिनमा दुई किलो बढेको छु।’