अडियो प्रकरणले हैरान भएका मन्त्री आले अदालतबाट पनि सेकिए - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

अडियो प्रकरणले हैरान भएका मन्त्री आले अदालतबाट पनि सेकिए



काठमाडौँ- पर्यटनमन्त्री प्रेमबहादुर आलेमाथि एकपछि अर्को संकट थपिएको छ । अडियो काण्ड र बतास प्रकरणले तनावमा परेका उनलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामासमेत तानेको छ ।

सोमबार सर्वोच्च अदालतले अवहेलना मुद्दाको सुनुवाई गर्दै अदालतको अवहेलना गरेकोमा मन्त्रीसहित पर्यटनबोर्डका उपाध्यक्ष चन्द्र रिजाल र सचिव महेश्वर न्यौपानेलाई अवहेलनामा कारवाही किन नगर्ने भन्दै लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीमाथि सर्वोच्चले दिएको थमौती आदेशविरुद्ध स्पष्टिकरण सोधिएको भन्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । सीईओ रेग्मीले माघ २५ गते अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले अदालतको आदेशविपरीत आफूलाई हटाउन खोजेको भन्दै मन्त्री आलेसहित ९ जनाविरुद्ध अपहेलना मुद्दा दर्ता गराएका हुन् ।

रेग्मीले २५ माघमा सर्वोच्चमा दर्ता गराएको उक्त मुद्दामा मन्त्री आले, पर्यटन सचिव महेश्वर न्यौपाने, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाललाई विपक्षी बनाएका थिए ।

अदालतले आज विपक्षीसमक्ष लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।