आलमलाई छुटाउन देउवा लागिरहेको खुलासा
रौतहट : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमलाई प्रक्रियाबाटै छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।
गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आज यहाँ आएका देउवाले देउवाले आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै रिहा गराउन आफूले पहल गरिरहेको बताए । इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा पूर्वसांसद आलम अहिले कारागारमा छन् ।
अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे ।
पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबु यादवलगायतले स्वागत गरेका थिए । महायज्ञ एक सातासम्म चल्नेछ । रासस