अमेरिकी राजदूतमाथि आक्रमण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अमेरिकी राजदूतमाथि आक्रमण



बीबीसी । बंगलादेशको राजधानी ढाकामा अमेरिकी राजदूत मार्सिया बर्निकेटमाथि हतियारधारी समूहले आक्रमण गरेको छ । अमेरिकी राजदूत मार्सिया कारमा सवार रहेका बेला हतियारधारी समूहले आक्रमण गरेको हो ।

अमेरिकी अधिकारीले आक्रमणबाट राजदूत र उनको सुरक्षामा तैनाथ सुरक्षाकर्मी कसैलाई पनि चोट–पटक नलागेको तर दुई वटा कारमा क्षति पुगेको बताएका छन् । बंगलादेशमा केही दिनदेखि हजारौं छात्र–छात्राहरु सुरक्षित सडक सुविधाको माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।

बंगलादेशको सरकारले प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गर्दै आएको छ । यसका साथै सडकमा हतियारधारी मानिसहरु द्वारा गरिएको आक्रमणमा परेर अहिलेसम्म ६० प्रदर्शनकारी घाईते भएका छन् । स्थानीय सञ्चार माध्यमहरुले सत्तारूढ पार्टीसँग आवद्ध राजनीतिज्ञ तथा समाजसेवीहरु प्रदर्शनमा उत्रिएका छात्र–छात्राहरुमाथि कुटपिट गरिरहेका जनाएका छन् । अमेरिकी राजदूत बर्निकेटले उक्त हिंसाको निन्दा गरेकी छिन् ।

ad
अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, “शान्तिपूर्ण ढंगले आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्ने हजारौं युवाहरुमाथि बर्बरतापूर्वक गरिएको आक्रमणलाई कुनै पनि अवस्थामा सही ठहर गर्न सकिदैन ।’’