सांसद आक्रमणप्रति खेद व्यक्त - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सांसद आक्रमणप्रति खेद व्यक्त



काठमाडौं– संसदीय सुनुवाई विशेष समितिको बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्न बसेको बैठक २ दिन पर सरेको हो । अर्को बैठक शुक्रबार १० बजे बस्ने नेकपाका सांसद योगेश भट्टराईले जानकारी दिए ।

सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधिशबारे १० गतेनै सुनुवाई गरेको थियो । बैठकमा नेकपाका सांसद निरुदेवी पालमाथि मंगलबार राती बानेश्वरमा सांघातिक आक्रमणप्रति खेद व्यक्त गरेको समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सांसद पाललाई मंगलबार साँझ बानेश्वरमा अज्ञात समुहले पेस्तोल देखाएर धम्क्याएको खबर बाहिर आएको थियो । बैठकमा सो घटनाप्रति खेद व्यक्त गर्दै समितिका सबै सदस्यहरुको सुरक्षा व्यवस्था गर्न सचिवालयलाई निर्देशन दिइएको अध्यक्ष कर्णले जानकारी दिए । त्यस्तै नेकपाका सांसद योगेश भट्टराईले अपराधिक मानेवृत्तिका मानिसहरुले धम्की दिएर संसदलाई प्रभावित गर्ने जमाना देशमा नभएको भन्दै सांसद पाललाई धम्क्याउने समुह संविधान र कानुनको कठघरामा आउनुपर्ने बताए ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश जोशीको विषयमा पनि छलफल भएको कर्णले बताए । प्रधानन्यायाधीशको विषयमा सर्वसम्मत रुपमा सहमति जुटाउन प्रयास जारी रहेको बताउँदै उनले समितिका सबै सदस्यले यो विषयमा सहमति जुटाउन प्रयास जारी राख्ने र अर्को बैठक शुक्रबार १० बजेसम्मका लागि स्थगित भएको बताए । कांग्रेस सांसद भिमसेनदाश प्रधानले पनि प्रधानन्यायाधीशको विषयमा दुवै पक्षले मिलनबिन्दु खोजिरहेको र मनाउने प्रयास जारी रहेको बताए ।