निर्मला पन्तका लागि न्याय माग्दै अाँँखामा कालोपट्टी बाधी सडकमै सुतेर धर्ना
कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या भएको चार महिना बितिसक्दा पनि हत्यारामाथि कारबाही नभएको भन्दै आन्दोलनरत महिला अधिकारकर्मीहरुले सडकमै सुतेर धर्ना दिएका छन ।
मंगलवार उनीहरुले आखाँमा कालोपट्टी बाधेर सडकमै सुतेर धर्ना दिएका हुन ।
यस अघि नै शनिबार नागरिक संघर्ष समितिले सार्वजनिक गरेको चार दिने आन्दोलनका कार्यक्रम अन्तरगत सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मूलगेटमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम तोकिएको थियो ।
साथै बुधबार न्यायका लागि दिउँसै टर्च बालेर आन्दोलन गर्ने र बिहीबार मानव साङ्लो बनाउने लगायतका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।