ठाकुरसँग भेटेपछि प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक बैठक - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

ठाकुरसँग भेटेपछि प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक बैठक



काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरूले छलफल गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग जसपाका शीर्ष नेताहरूले छलफल गरेका हुन् ।

दल विभाजनसम्बन्धी अध्यादेशबारे र सरकारमा सहभागीताबारे पनि छलफल भएको बालुवाटार स्रोत जानकारी दियो । त्यस्तै जसपाका नेताहरूले नागरिकता विधेयकबारेमा पनि चासो राखेका थिए ।

देउवासँग छलफल गर्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायत बालुवाटार पुगेका थिए । उनीहरूसंगको भेटपछि प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउन आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।