देउवाले आकस्मिक बैठक बोलाएपछि प्रचण्ड र माधव बालुवाटार पुगे - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

देउवाले आकस्मिक बैठक बोलाएपछि प्रचण्ड र माधव बालुवाटार पुगे



काठमाडौँ- सत्ता गठबन्धनका शिर्ष नेताहरूको आकस्मिक बैठक हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रूपमा बैठक बोलाएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

तीन शिर्ष नेतावीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता शुरु भएको बताइएको छ । तीन नेताबीच बिहान १०:३५ बजेबाट भेटवार्ता शुरू भएको हो ।

उक्त भेटका निम्ति डा.शेखर कोइरालालाई बिदा गरेर प्रचण्ड सोझै खुमल्टारबाट बालुवाटार हानिएका थिए । उनले यही अवस्थामा एमसिसी पास गर्न प्रधानमन्त्री देउवा कस्सिए सरकार छाड्ने या अन्य विकल्प खोज्ने भन्नेवारे परामर्श गरेका थिए ।

प्रचण्डले बुधबार मात्रै आफ्नो पार्टीबाट सरकारमा रहेका अर्थ र उर्जा मन्त्रीसहित शिक्षा राज्यमन्त्री बोधकुमारी यादवसङ्ग परामर्श गरेका थिए । उक्त परामर्शमा मातृका यादवसहितका अन्य नेताहरू पनि भएको बताइएको छ ।