ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।
स्रोतका अनुसार आइतबार बेलुका ५ बजेका लागि ओलीले बैठक बोलाएका हुन् ।

यसअघि बसेको बैठकले पार्टीका १२ जना सांसदलाई स्पष्टिकरण सोधेको थियो । त्यसयता पार्टीको स्थायी कमिटी बैठक बसेको छैन ।

प्रधानमन्त्री ओलीले डाकेको बैठकको लागि एजेण्डा भने दिइएको छैन । बजेट भाषण लगत्तै बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

बैठकमा स्पष्टीकरण सोधिएका एमालेका १२ जना सांसदबारे थप कारबाही हुनसक्ने बताइएको छ ।