पाहुनाको सुरक्षा: दुई दिन नेपालको ‘आकाश नै बन्द' - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

पाहुनाको सुरक्षा: दुई दिन नेपालको ‘आकाश नै बन्द’



बिमस्टेक सम्मेलनमा आउने विशिष्ट पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आधादेखि सवा दुई घन्टासम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ ।

विशिष्ट पाहुनाको सुरक्षा र सहजताका लागि मंगलबारदेखि नै केही समय सबै उडान बन्द गर्न लागिएको विमानस्थल एयर ट्राफिक कन्ट्रोल रुमका प्रमुख सिताराम भण्डारीले जानकारी दिए ।

मंगलबार र बुधबार सामान्य विशिष्ट पाहुना आउने जहाज अवतरणका बेला आधा घण्टा विमानस्थल बन्द हुनेछ भने बिहीबार र शुक्रबार धेरै समय उडान बन्द हुने उनले बताए ।

सम्मेलनका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुख काठमाडौं आउँदैछन् । कतिपय देशमा विशिष्ट पाहुना मंगलबारदेखि आउने छन् । भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख भने सम्मेलन हुने दिन १४ गते मात्रै काठमाडौँ आउँदैछन् ।

जसका कारण बिहिबार विहान सवा ८ बजेदेखि साढे १० बजेसम्म र शुक्रबार पनि दिउँसो ११ बजेर बेलुका ४ बजेपछि पुनः दुई घण्टा  विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द हुने भण्डारीले जानकारी दिए । अन्नपूर्ण पोस्टबाट ।