आज पनि स्थगित भयो संवैधानिक इजलास
काठमाडौं-संसद विघटन विरुद्धको मुद्दाको सुनुवाई गर्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको सुनुवाई आज पनि स्थगित गरिएको छ । संवैधानिक इजलासको पेसी मंगलबार पनि नतोकिएका कारण इजलास नबस्ने भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सन्चो नभएपछि सोमबारदेखि सुनुवाइ स्थगित भएको थियो । योसँगै प्रतिनिधि सभा विघटन विरुद्धको रिटको सुनुवाइसमेत रोकिएको छ।
आइतबार प्रधानन्यायीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलास गठन गरेका थिए।
आइतबार न्यायाधीशको विषयमै विवाद भएपछि प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुन सकेको थिएन्। प्रधानन्यायाधीश जबराले सोमबारका लागि पेसी तोकेका थिए।