नेपालमा संक्रमितको संख्या ४५ हजार नाघ्यो: यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नेपालमा संक्रमितको संख्या ४५ हजार नाघ्यो: यस्तो छ पछिल्लो अवस्था



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ। हाल क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन्।

यस्तै काठमाडौँ उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।