आजको मौसम: पाँच वटा प्रदेशमा चट्टयाङसहित वर्षा हुने - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

आजको मौसम: पाँच वटा प्रदेशमा चट्टयाङसहित वर्षा हुने



काठमाडौं- पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभरको मौसममा बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच वटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाको महाशाखाले जनाएको छ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।

आज दिउसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्टयाङसहित वर्षा हुनेछ।