आजको मौसम: केहि स्थानमा बिहानैदेखि भारी वर्षा हुने
काठमाडौँ – आइतबार देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन्।
यस्तै आइतबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ को एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली बिस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिएको मौसमविदको भनाइ छ।