विश्वकप: आजका चार खेल, कसको भाग्य खुल्ला ? - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

विश्वकप: आजका चार खेल, कसको भाग्य खुल्ला ?



काठमाडौं – रसियामा जारी विश्वकप फुटबलमा बिहीबार लिग चरणका अन्तिम खेल हुँदैछन् । समूह जी र एच का चार खेल भएपछि अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ।

नेपाली समयअनुसार साँझ ७ः४५ मा भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दै छन् । त्यस्तै, सामरा एरिनामा सेनेगल र कोलम्बियाबीचको खेल हुने ।

समूह जीमा जापान शीर्ष स्थानमा रहेको जापान र सेनेगलको समान ४ अंक छ। ३ अंक रहेको कोलम्बियाको पनि अर्को चरणमा पुग्ने सम्भावना छ । पोल्यान्ड भने बाहिरिइसकेको छ। अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ।

त्यस्तै, राति ११ः४५ बजे कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्ने छन् । मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ। समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन्। दुई टोलीबीच हुने भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ।