नयाँ नेतृत्व चयन प्रक्रिया आजै सुरु हुने - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

नयाँ नेतृत्व चयन प्रक्रिया आजै सुरु हुने



काठमाडौं- काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र जारी रहनेछ।

अध्यक्ष प्रचण्डले सोमबार पेस गरेको राजनीतिक प्रतिवेदनमा गरिएको समहूगत छलफलमा प्राप्त सुझाव पेस गर्ने सिलसिला आज पनि जारी रहने भएको हो।

२५ समूहमध्ये हिजो बुधबार ११ वटाले आफ्ना सुझाव प्रस्तुत गरिसकेका छन्। अब आज बाँकी १४ समूहले आफ्ना सुझाव पेस गर्दै छन्। बिहान ११ बजे समूहगत सुझाव प्रस्तुतीकरण सुरु भइसकेको छ। ​

सुझाव पेस गरेपछि स्थायी समितिका सदस्यले पनि छुट्टै सुझाव दिनेछन्। यो चरण सकिएपछि आजै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी गरिएको माओवादी केन्द्रको निर्वाचन समितिले जानकारी दिएको छ।