संसद विघटनविरुद्ध आजबाट सुनुवाई: तत्काल फैसला आउने सम्भावना के छ ?
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमध्ये केहीको आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।
प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका २४ रिट निबेदनमध्य केहीको संबैधानिक इजलासबाट सुनुवाइ हुनु पर्ने माग गरिएको छ भने केहीको साधारण इजलासबाट प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।
साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका रिट निवेदकको आज सुनुवाइ हुने भएको हो । त्यस्ता रिट निवेदन एक दर्जनभन्दा बढी रहेको बुझिएको छ ।
झण्डै चार थान रिट निवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संबिधानको धारा ७६ को उपधारा ५ बमोजिको प्रधानमन्त्रीको नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा दायर भएका छन् ।
ती रिट निवेदनको पनि आजै पेशी तोकिने जनाइएको छ । प्रधानमन्त्रीले ओलीले गरेको सिफारिस बमोजिम केही दिन अघि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेका थिए ।
प्रतिनिधि सभा विघटनविरुद्ध र ओलीलाई नै धारा ७६ को ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग सहित सर्वोच्चमा ३० वटा रिट निवेदन दायर भएका थिए ।
सर्वोच्च अदालतले पुरानै व्याख्यालाई आधार मानेर फैसला गरेको खण्डमा भने तत्कालै फैसला आउनसक्ने जानकारहरूले बताएका छन्।