आज प्रधानमन्त्री ओलीको ६६ औं जन्म दिन - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

आज प्रधानमन्त्री ओलीको ६६ औं जन्म दिन



काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आज अर्थात फल्गुन ११ गते शुक्रबार दिन परेको छ। ओलीको ६६ औं जन्म दिन परेको एमाले नेताहरुले बताएका छन् । ओलीको जन्म तेह्रथुमको ईवा गा वि स मा २००८ सालमा भएको हो । उनी–स्व मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन् ।

एमाले स्रोतका अनुसार स्थायी कमिटि बैठकमा जन्मदिन मनाउने तयारी भएको र आजको बैठक सुरु हुनुअघि केक काट्ने बताइएको छ । जन्म दिनलाई बिशेष बनाउन यही अवसरमा ओलीले एमाले तथा माओवादीका मन्त्रीहरुलाई सपथ खुवाउने सम्भावना समेत प्रबल छ । बालुवाटरमा बस्ने स्थायी कमिटि बैठकमै जन्मदिन मनाईने छ ।

प्रधानमन्त्री ओलीको विगत

०२० सालदेखि झापामा बसोबास  गर्न थालेका थिए ।०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित, ०२५ सालदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ता, ०२६ माघमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त । १६ फागुन ०२७ मा झापामा पहिलोपटक गिरफ्तार । ०३० सम्म १० पटक गिरफ्तार र रिहा । ०२८ मा झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनीत । २३ असोज ०३० मा राज्य विप्लव तथा विध्वंसात्मक कार्यलगायतका विभिन्न आरोपमा गिरफ्तार, चार वर्ष गोलघरसहित १४ वर्ष जेल सजाय ।

११ पुस ०३५ मा जेलमै रहँदा नेकपा मालेका संस्थापक नेताको हैसियत । ११ असार ०४४ मा जेलबाट रिहा, पुस २ गते पार्टीको केन्द्रीय सदस्य मनोनीत । ०४६ मा तत्कालीन नेकपा ९माले० को लुम्बिनी अञ्चलको इन्चार्जको जिम्मेवारी बहन । १ जेठ ०४७ मा पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष । २२ पुस ०४७ मा माले र माक्र्सवादी मिलेर गठन भएको एमालेको संस्थापक केन्द्रीय सदस्य । ०४८ को संसदीय चुनावमा झापा ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित । ०५१ को मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभामा निर्वाचित । १४ मंसिर ०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारका गृहमन्त्री । ०५६ मा झापा–६ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित, ०५६–०५९ मा संसद्मा प्रमुख प्रतिपक्षी दलको उपनेता ।

०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री । ०७० मंसिरमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित । २१ माघ ०७० मा संविधानसभा तथा व्यवस्थापिका संसद्को दलका नेतामा निर्वाचित । १ साउन ०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट एमाले अध्यक्ष निर्वाचित । २४ असोज ०७२ मा प्रधानमन्त्रीमा निर्वाचित, ९ साउन ०७३ मा राजीनामा । ३ फागुन ०७४ मा दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त र शपथग्रहण ।