सत्ता गठबन्धनको बैठक आजपनि बस्दै: मन्त्रीमण्डल पनि आजै टुङ्गो लाग्ने
काठमाडौं- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । विहीबार विहान ८ ः ३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारबारे गठबन्धनका नेताहरुसँग छलफल गर्दै छन् ।
प्रधानमन्त्रीले बुधबार विहान पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । गठबन्धनमा आबद्ध पार्टीको आन्तरिक समस्याका कारण नयाँ सरकार बनेको तीन साता हुनै लाग्दा पनि मन्त्रिपरिषदले पूर्ण पाउन सकेको छैन । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीका साथमा मन्त्री र एक राज्यमन्त्री मात्र छन् ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टीले आन्तरिक समस्या समाधान भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि छलफललाई तीव्रता दिएका छन् ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आज भोलि नै मन्त्रिपरिषद विस्तारको तयारी छ । आजको छलफलमा पावर सेरिङमा कुरा मिले आजै पनि मन्त्रिपरिषद विस्तार हुन सक्ने उनको भनाइ छ । मन्त्रिपरिषद विस्तारमा ढिलाइ गर्न नहुनेमा शीर्ष नेताहरुमा एक मत रहेकाले चाडै नै मन्त्रिमण्डलले पूर्णता पाउने उनले बताए ।