आगलागीपछि ग्यास सिलिण्डर विष्फोट - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

आगलागीपछि ग्यास सिलिण्डर विष्फोट



झापा । आगलागीपछि ग्यास सिलिण्डर विष्फोट हुँदा झापाको मेचीनगर-७ मा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने प्रयास गर्दा खाना पकाउने ग्यास सिलिण्ड विस्फोट हुँदा मेचीनगर–८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो ।

उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।

टिनको छानो, चित्राको बेरा भएको १ तले कच्ची घर पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी असप्तालमा उपचार भइरहेको छ । मेचीनगर-८ की ८ वर्षीया सुशीला अधिकारी उपचारपछि घर फर्किएकी छन् ।

विस्फोटबाट बिर्तामोड-९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचिनगर-७ का ३२ वर्षीय दिपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुवलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशंकर न्यौपाने, ३६ वर्षीय हरि विक र ३६ वर्षीय निर्मल शर्मा र मेचीनगर-८ का ४० वर्षीय लेखनाथ तिमल्सिना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।