एकाबिहानै काठमाडौंको एक पसलमा आगलागी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

एकाबिहानै काठमाडौंको एक पसलमा आगलागी



काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित एक कपडा पसलमा आगलागी भएको छ । आगलागी हुँदा लाखौंको क्षती भएको बताइएको छ ।

एकाबिहानै भएको आगलागी नियन्त्रणमा आएको प्रारीले जनाएको छ । करिब ६ बजे लागेको आगलागीका कारण पसलमा रहेका कपडाहरु जलेर नष्ट भएका छन् ।

आगलागी करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भए आगलागी भएको प्रहरीले जनाएको छ ।