कञ्चनपुरको एक वडा कार्यालयमा आगजनी - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

कञ्चनपुरको एक वडा कार्यालयमा आगजनी



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका –१९ को कार्यालयमा गएराती अज्ञात समुहले आगजनी गरेको छ। वडा कार्यालयको ताला फुटाएर आगजनी गरिएको हो ।

आगजनीबाट कार्यालय भित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्र, दराजलगायत जलेर क्षति पुगेको नगर प्रमुख सुरेन्द्र विष्टले बताए। कसले आगजनी गरेको हो भन्ने बारे अझै पुष्टि हुन बाँकी रहेको छ।

कार्यालयमा भएको क्षतिको विवरण भने संकलन भैरहेको छ। प्रहरीले अगाजनी गरिएको बारे अनुसन्धान प्रकृया अगाडी बढाएको जनाएको छ।