आगलागीमा एकै घरका ३ बालबालिकाको मृत्यु, ६ वटा घर जलेर नष्ट
वैशाख, ११ बाँके
बाँकेको डुडुवा गाउँपालिका १ कुडुवामा आगलागीमा परि एकै घरका ३ जना बालबालिकाको मृत्यु भएको छ । आगलागिमा परि मुन्चिलाल मुराउकी वर्षकी छोरी सोनी, ८ वर्षकी छोरी राधना र ६ वर्षका छोरा पवनको मृत्यु भएको हो ।
आइतबार राति करिव १२ बजे आगो लाग्दा घरमै सुतिरहेका यी ३ जना बालबालिकाको जलेर मृत्यु भएको हो । आगलागीका कारण ६ घर र २ गोठ जलेर नष्ट भएका छन् ।
घरमा तीन बालबालिकालाई सुताएर गहुँ दाउन गएका कारण आगो लाग्दा घरमै सुतेका बालबालिकालाई बचाउन नसकिएको जानकारीमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिए । मृतकको नेपालगन्जको भेरी अञ्चल अस्पतालमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।