आफ्नै जिल्लामा पछि परे रावल, ओलीको प्यानलै अगाडी - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

आफ्नै जिल्लामा पछि परे रावल, ओलीको प्यानलै अगाडी



काठमाडौँ- नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक नतिजा आएको छ।

प्रारम्भिक परिणामअनुसार अध्यक्षका उम्मेदवार चन्द्र बोहराको प्यानलले अग्रता बनाइरहेको छ।

मंगलबार भएको मतदानको नतिजा बुधबार बिहानदेखि आउन थालेको हो। जिल्ला सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मत गनिँदैछ।

अध्यक्षसहित पदाधिकारीको नतिजा बुधबारै साँझसम्म आइसक्ने सम्भावना छ।

अहिलेसम्म तीन सय मतगणना हुँदा केपी शर्मा ओलीनिकट अध्यक्षका उम्मेदवार चन्द्र बोहराले अग्रता बनाएका छन्।

बोहराले १५८ मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का उम्मेदवार प्रकाश शाहले १३६ मत पाएका छन्। उनलाई नेता भीम रावलले साथ दिएका छन्।