संसद विघटन विरुद्धका सबै मुद्दा प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखे
काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्ध परेका सबै रिटहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नै इजलासमा राखेर सुनुवाई गर्ने भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले आइतवार प्रतिनिधिसभा विघटन गरेपछि सोही दिन त्यसका विरुद्ध रिट लिएर बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,कन्चनकृष्ण न्यौपाने र लोकेन्द्रवहादुर ओली सर्बोच्च पुगेका थिए ।
सोमवारमात्रै सर्बोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध १२ वटा रिट दर्ता भएका थिए ।
नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितले दायर गरेको निवेदनसहित एकै पटक सबै मुद्दाको सुुनुवाइ हुन लागेको हो।