आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ - Himal Post Himal Post
  • २ मंसिर २०८२, सोमबार
  •      Mon Nov 17 2025
Logo

आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ



कञ्चनपुर- कञ्चनपुरमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका -५ का ४० वर्षीय एक पुरुषले आफ्नै ११ वर्षीया छोरी माथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले घटनाबारे प्रहरीलाई खबर आएपछि आरोपितलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए । छोराछोरीसंगै सुतेका ती पुरुषले मध्यरातमा छोरीमाथि जबर्जस्ती करणी गरेपछि परिवारकै अन्य सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको माग गरिएको छ । बालिकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य चेकजाँच भइरहेको र दोषीमाथि थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।