आफ्ना सांसदलाई एमालेको उर्दी: तत्काल काठमाडौं आउनु - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

आफ्ना सांसदलाई एमालेको उर्दी: तत्काल काठमाडौं आउनु



काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं बाहिर रहेका आफ्ना सांसदलाई तत्काल काठमाडौं आउन आदेश दिएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तापक्षले महाभियोग प्रस्ता दर्ता गरेपछि एमालेले आफ्ना सांसदलाई काठमाडौं बोलाएको हो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले सबै सांसदलाई काठमाडौं बोलाइएको जानकारी दिए । भट्टराईले सोमबार ११ बजे संसदीय दलको बैठक बस्ने बताए ।

भट्टराईले भने, ‘सत्तापक्ष एमालेलाई घेराबन्दी गर्न हरेक तरिकाले लागेका छन् । भोलि बिहान ११ बजेट संसदीय दलको बैठक बोलाउन मैले सबै सांसदलाई खबर गरिसकेको छु ।’