आफ्ना हक अधिकारका लागी सशक्त भएर लाग्न वडा अध्यक्ष चौधरीको आग्रह - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

आफ्ना हक अधिकारका लागी सशक्त भएर लाग्न वडा अध्यक्ष चौधरीको आग्रह



पदम ओझा / बौनिया ।
बर्दगोरिया गाउपालिका वडा नं २ ले अपाङ्ग हरुलाई आवश्यक सामाग्री बितरण गरेको छ । सामाग्री वडा नं २ का अध्यक्ष भेखुराम चौधरीले बितरण गर्नु भएको हो । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि ४० जना अपाङ्ग हरुलाई आवश्यकता अनुसार राहत सामाग्री बितरण गरिएको हो ।

उक्त कार्यक्रमको अवसरमा बोल्दै वडा अध्यक्ष भेखुराम चौधरिले यो वडाले असक्त,अपाङ्ग ,दृस्ठि बिहिन हरुकालागी सानो सहयोग गरेको बताए । अध्यक्ष चौधरिले हामिले दिएको आवश्यकता अनुसारका सामाग्रीहरुलाई प्रयोगमा ल्याई जतन गरेर राख्न आग्रह गर्नु भयो । साथै चौधरिले आफ्ना हक अधिकारका लागी सशक्त भई एक जुट भएर लाग्न आग्रह गर्नुभयो ।

उहाले गाउपालिकाबाट हुने सहयोग र वडा बाट हुने सहयोग का लागी आफु तपाईहरुकै पक्षमा रहने बताउनु भयो । उहाका अनुसार अहिले वडाले अपाङ्गको बर्ग छनौट गरि आवश्यकता अनुसार कुर्सी ,बेत्को लठ्ठी ,झोला लगाएतका सामाग्री बितरण गरेको बताउनु भयो ।

कार्यक्रममा बर्दगोरिया गाउपलिका कार्यपालिका सदस्य गोमा देवि बिक ,वडा सदस्य निर्मला कठरिया,धन्नु डगौरा,बर्दगोरिया गाउपलिका वडा नं २ अपाङ्ग समितिका उपाध्यक्ष इस्वरी चौधरी,कोषाध्यक्ष लाल बहादुर चौधरी, लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन वडा सचिब बालाराम घिमिरेले गर्नु भएको थियो ।