आफ्नै प्रेमिकालाई फेसबुकमा ‘वेश्या’ भन्दै गाली गरेपछि ... - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

आफ्नै प्रेमिकालाई फेसबुकमा ‘वेश्या’ भन्दै गाली गरेपछि …



काठमाडौं– आफ्नै प्रेमिकालाई फेसबुकमा ‘वेश्या’ भन्दै गाली गर्ने एक युवक पक्राउ परेका छन्। प्रहरीले पाल्पा घर भई काठमाडौं बस्ने २१ वर्षीय विक्रम मल्ल ठकुरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार एक ३१ वर्षीय महिलासँग उनी विगत ३ वर्षदेखि ‘लिभिङ टुगेदर’मा थिए। ती महिला डिभोर्सी थिइन्। सँगै बसेपछि खर्च महिलाले नै गर्दै आएकी थिइन्।

केही महिनाअघि उनीहरुको सम्बन्धमा दरार आयो। महिलाले उनलाई छाड्ने निर्णय लिइन्। तर, ठकुरीले छाड्न चाहेनन्।

त्यसपछि ठकुरीले महिलाको नाममा फेसबुक आइडी बनाएर जभाभावी पोस्ट गर्न थालेका हुन्। महिलाको फोन नम्बर नै राखेर यो केटी बेश्या हो भन्दै पोष्ट गरेका थिए।

सोही कारण महिलाले आत्महत्याको समेत प्रयास गरेकी थिइन्। पछि प्रहरीमा उजुरी गरेर उनले युवकलाई पक्राउ गराएकी हुन्। पक्राउ परेका ठकुरीलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।

पक्राउ परेका ठकुरी विद्यार्थी हुन्।