मुख्यमन्त्री आदित्यनाथका बुबाको मृत्यु: अन्त्येष्टिमा किन गएनन् उनि ?
एजेन्सी । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफ्नो बुबा आनन्द सिंह विष्टको अन्त्येष्टिमा भाग लिन नजाने भएका छन् ।
बुबाको अन्तिम संस्कारमा सामेल हुन नपाउने भन्दै उनले एक पत्र लेखेका छन्। उनले भनेका छन्, ‘विश्वव्यापी महामारी कोरोना भाइरस विरुद्धको चलिरहेको लडाईका कारण म अन्त्येष्टि कार्यक्रममा भाग लिन सक्दिन। लकडाउन पछि दर्शनको जानेछु।’
सीएम योगी आदित्यनाथले आफ्नो पत्रमा लेखेका छन्, ‘मेरो बुबा कैलाशको बास भएकोमा म दुःख र शोकमा रहेको छु । उहाँ मेरो सबैज्ञानको गुरु पनि हो । मेरो बाल्यकालमा, उहाँले मलाई इमान्दारी, कडा परिश्रम र निस्वार्थ भावका साथ काम गर्ने संस्कार दिनुभयो जुन लोक मंगललाई समर्पित थियो।’
भारतमा पछिल्लो समय कोरोना कारण भयावह स्थिति रहेको छ । उनले आम मानिसलाई अपिल गदैए गर्दै लकडाउन पालना गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘म सबै सदस्यहरुलाई अपील गर्दछु कि लकडाउनको पुर्ण पालना होस् । लकडाउनपछि म अन्तिम श्रद्धाञ्जीका लागि जानेछु । आदरणीय बुबाको स्मृतिलाई आदर गर्दै, म उनलाई विनम्र श्रद्धाजली अर्पण गर्नेछु।’