आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न - Himal Post Himal Post
  • ७ आश्विन २०८०, आईतवार
  •      Sun Sep 24 2023
Logo

आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न



उमेश थापा/ बौनिया,कैलाली ।

“व्यक्तित्व तथा नेतृत्व बिकास” भन्ने मुल नाराका साथ
संचालित सात दिने आधारभूत पत्रकारिता तथा उद्घोषण बर्दगोरियामा सम्पन्न भएको छ।

बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ बर्दगोरिया समन्वय परिषदको आयोजनामा सुरु भएको आधारभूत पत्रकारिता तथा उदघोषण तालिम शनिबार बर्दगोरियामा सम्पन्न भएको हो ।

जेष्ठ १३ गते देखि संचालन भएको कार्यक्रममा करिव ३० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।पछिल्लो समय युवायुवती विभिन्न सामाजिक बिकृतिमा फस्ने भएकोले युवाहरूलाई लक्षित गरि कार्यक्रम संचालित गरिएको आदिवासी जनजाती महासंघ बर्दगोरिया समन्वय परिषदका अध्यक्ष बालचन्द्र कठरियाले बताउनुभयो ।

उक्त तालिममा बौनिया कोसेली एफ एमका स्टेशन म्यानेजर लिलाजंग शाही , असहायका लागि सहयोगी हात नेपालका अध्यक्ष बल बहादुर बिष्ट ,कोसेली एफ एमका समाचार बाचक पदम ओझा, नेपाल आदिवासी जनजाती महासंघ ७ न- प्रदेश सचिव दल बहादुर घर्तिमगर, ,डाक्टर जानकी तुलाधर लगाएतकाले प्रशिक्षण दिनुभएको थियो। आदिवासी जनजाति महासंघ बर्दगोरिया समन्वय परिषदका अध्यक्ष बालचन्द्र कठरियाको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिरामा डगौरा थारु रहनुभएको थियो भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष भगवती डगौरा रहनुभएको थियो।

प्रमुख अतिथी रहनुभएका बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले जनजातिले नेपालको इतिहासमा ठूलो योग्दान गरेको भन्दै त्यसको आफुले सदैव कदर गर्ने बताउनुभएको छ। आगामी बर्ष देखि गाउँपालिकाले आदिवासी जनजातिको जीवन पद्धति उत्थानका लागि प्रत्येक वडामा बजेट छुट्याइदिने समेत संकल्प गर्नुभयो।

कार्यक्रममा नेपाल आदिवासी महसंघ ७ न- प्रदेश सचिव दल बहादुर घर्तिमगर , वडा न- ५ कि वडा अध्यक्ष श्यामकुमारी चौधरी,वडा न- ३ का वडा अध्यक्ष कर्णे सुनार लगएतकाले सुभकामना मन्तव्य राख्नुभएको थियो।

लक्ष्मी कठरियाको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रमको संचालन एलिजा रानामगरले गर्नुभएको हो।