आधारभूत प्राथमिक उपचार तालिम कैलालीको धनगढीमा सुरु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

आधारभूत प्राथमिक उपचार तालिम कैलालीको धनगढीमा सुरु



गोविन्द बीसी / धनगढी,कैलाली ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा आधारभूत प्राथमिक उपचार तालिम शुरु भएको छ । शुक्रवार देखि कैलालीको धनगढीमा चारदिने आधारभूत प्राथमिक उपचार तालिम शुरु भएको हो ।

तालिममा नेपाल रेडक्रस सोसाइटी कैलालीद्वारा संचालित उत्थानशिल नगर प्रवर्द्धन र सहभागिता कार्यक्रम लागू भएको धनगढी उपमहानगरपालिकाका २६ जनाको सहभागिता रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कार्यवाहक सभापति बासुदेब बिनाडीले तालिमको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै कार्यवाहक सभापति बिनाडीले सहभागीहरुलाई तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

तालिममा धनगढी उप महानगरपालिका क्षेत्र भित्रका नदी किनार समुह, विभिन्न उपशाखाका पदाधिकारी, एकल महिला समूह, खुद्रा व्यापारी समूह लगायतकाको सहभागिता रहेको उत्थानशील नगर प्रवर्द्धन र सहभागिता कार्यक्रमका संयोजक इश्वरदेव जोशीले जानकारी दिए ।

४ दिनसम्म संचालन हुने तालिमलाई नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैना, हेमन्त ओझा, अन्जली महर्जन, सुभाष भण्डारीले प्रशिक्षण दिने बताइएको छ ।

सडक दुर्घटना र अन्य दुर्घटनामा परेका व्यक्तिहरुलाई दक्ष चिकित्सकसम्म पुर्याउन पूर्व घाइते वा बिरामीहरुको अवस्था बिग्रन नदिन प्राथमिक उपचार कसरी गर्ने, प्राथमिक उपचारको प्रभावकारिता कसरी बढाउने र दुर्घटना न्यूनीकरणका उपायका बारेमा तालिम संचालन गरिएको हो ।