नगरपालिकाले तोकेभन्दा ५० प्रतिशत कममा फोहोर उठाइने
कैलाली – घोडाघोडी नगरपालिकाले व्यवसायीलाई मार पर्ने गरि फोहर संकलन गर्ने रकम तोकेको भन्दै घोडाघोडी क्लबले ध्यानाकर्षण जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले समन्वयन नै नगरी जनताको डाढ सेक्ने गरि फोहर संकलन शुल्क तोकिएको आरोप लगाइएको हो ।
क्लबका सचिव विष्णु सापकोटाद्वारा जारी बिज्ञप्तिमा नगरपालिकाले जनताको डाढ सेक्ने गरि फोहर संकलन शुल्क तोकिएको आरोप लगाइएको छ । यसैबिच युवाहरूले नगरपालिकाले तोकेको भन्दा झन्डै आधा कम रकममा फोहर संकलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । क्लबले तोकेको भन्दा ५० प्रतिशतक कम रकममा फोहर उठाउने जनाएको छ ।
![](https://himalpost.com/wp-content/uploads/2020/11/ghoda-fohar1-768x434.jpg)
यस अघि घोडाघोडी नगरपालिका आफैले कामदार खटाएर फोहर संकलन गर्दै आइरहेको थियो । तर, केहि समय देखी सुखड, पहलमानपुर र साडेपनि क्षेत्रको फोहर उठ्न नसकेको घोडाघोडीक्लबले जनाएको छ ।
नगरपालिकाले घोडाघोडी उद्योग बणिज्य सङ्घलाई फोहर सङ्कलनको जिम्मा दिएपनि उद्योग वाणिज्य सङ्घ र नगरपालिका को समन्वयमा फोहर सङ्कलनको लागि व्यापारीलाई मार पर्ने गरि रकम तोकिएको उद्योग वाणिज्य सङ्घका सदस्य तथा घोडाघोडी क्लबका उपाध्यक्ष होम तामाङले बताए ।
यता घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जियालाल आचार्यले नगरपालिकासँग समन्वय गरेर फोहोर उठाउने रकम तय गरेको जानकारी दिए ।
![](https://himalpost.com/wp-content/uploads/2020/11/gho-559x768.jpg)
![](https://himalpost.com/wp-content/uploads/2020/11/ghh-559x768.jpg)