कहिले पाउने नेपालले जनताबाट 'ए प्लस' - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

कहिले पाउने नेपालले जनताबाट ‘ए प्लस’



दिब्यान्त जोशी

थाहा छ तपाईँलाई , हामी र अन्य देशको नागरिकमा के फरक छ ! हुन त उनीहरू अर्को ग्रहबाट झरेका भने होइनन् , हात र खुट्टा दुई दुई वटै छन् , आखा चार वटा पनि छैनन् , सम्पूर्ण देह हाम्रो जस्तै नै छ ।वास्तवमा भन्नुपर्दा , हामीहरू बिच अरू केही पनि भिन्नता छैन । छ त केवल हाम्रो सोचमा । उनीहरूको र हाम्रो मानसिकतामा आकाश र पातालको जस्तो भिन्नता छ भन्दा फरक भने पर्दैन ।

हामी हाम्रो देशको कमी कमजोरी हरूको निन्दा , उपाहास गर्छौँ , ट्रोलहरु बनाउँछौ । यद्यपि , हामीलाई ज्ञात नै छ , यस्तो गर्नु नकारात्मक पक्ष हो । हामीले देशलाई सम्मान गर्नु पर्दछ । देशको विकासमा टेवा पुर्‍याउनु पर्दछ ।हुन त यसको दोष नेपालको विगतको शिक्षा प्रणालीलाई दिनुपर्ने हो जस्तो लाग्छ मलाई ।

जापानमा भारतका एक जना प्रतिष्ठित व्यक्ति कार्य विशेषका लागि जानू भएको रहेछ । उहाँ आफ्नो गन्तव्य स्थानतर्फ जानका लागि बहानामा चढ्ने बेला एक जना चोरले उनको हातमा रहेको झोलालाई समातेर लग्यो । यो सबै दृश्य नजिकै रहेकी लगभग ६ वर्षकी स्कुल तर्फ जाँदै गरेकी सानी बैनीले देखिछन् ।र उनीले हत्तपत्त ती व्यक्तिको नजिक जाँदै आफ्नो टिफिनका लागि भनिएको १० जापनिज यान दुई हातका हत्केलामा राख्दै , सिर निहुराउदै भनिन् ” अङ्कल त्यो मान्छेलाई माफ गरिदिनुहोस् है । तपाईँको झोलाको रकम म दिन्छु । र कृपया यहाँ जे भयो त्यो कुरा तपाईँ आफ्नो देशमा नभनिदिनुहोला है । एक ६ वर्षीय नानीको देशप्रतिको माया , रास्ट्रसम्मान प्रतिको प्रेम र वर्णन लायकको सभ्यता देखेर उक्त व्यक्ति अचम्म पर्नु भो र हर्शसु समेत झार्नु भयो ।यो भन्दा ठुलो बिन्नता अरू के नै हुन सक्छ र ?

दु: ख लाग्छ , जब हामी हाम्रै देशको स्थितिको तुलना अरू सम्पन्न राष्ट्र सँग गर्छौ । ” जननी जन्म भुमिश्व स्वर्गादपि गरिएसी ” अर्थात् आफ्नो जन्मभूमि अनेकौँ सुख सयल भएको पौराणिक कथामा उल्लेख गरिएको स्वर्ग भन्दा पनि महान् र सुखले भरिएको हुन्छ । वास्तवमा भन्नुपर्दा , कुनै अन्य क्षणिक सुख सयलका निम्ति हामीले हाम्रो जन्मभूमि भने बिर्सनु हुँदैन ।

जो व्यक्ति जन्म भूमिलाई बिर्सन्छ , त्यो व्यक्ति उक्त माटोको सन्तान कदापि हुनै सक्दैन । परिवर्तनका निम्ति लागि हामीले जन्मभूमिको सच्चा सन्तान कहलिन नैसर्गिक रहेको छ । नेपालको परिवेशमा नेपाल आमाका सच्चा सन्तान केही सङ्ख्यामा मात्र निहित छन् भन्दा अलि नमज्जा आउँछ । हामी सबैलाई थाहा छ ,राष्ट्रमाथि त सबै नागरिक गौरव गर्छन् तर हामीले यस्तो काम गरेर देखाउनु छ कि , राष्ट्रले नै हामी माथि गर्व गरोस् । राष्ट्रका लागि म र मेरालागि राष्ट्रको भावना पनि एकदमै महत्त्वपूर्ण भैसकेको छ ।

जब सबै नागरिकमा यस्तो भावनाको भित्रै देखिनै सृजना हुन्छ , तब पाउँछ नेपालले ‘ए प्लस’ । तर जब टिकापुर र यसपछिको कन्चनपुरको दर्दनाक घटना देशव्यापी बन्न पुग्यो , तब नेपालको एकता र शान्तिमा अनेकको प्रश्न खडा भए । त्यसैमा पनि कञ्चनपुरको भर्खरैको घटनाले त जनताका संरक्षक प्रहरी र हामी विश्वमा बहादुर कहलिने नेपालीको नैतिकतामाथि पनि प्रश्न उठ्छ। यस्ता घिनौना अपराधले नेपालको एकता ,शान्ति र सरकार माथि मात्र प्रश्न नउठाउँदै नेपालकै गणतन्त्रमा प्रश्न चिन्ह लगाई सकेको छ । यस्तो प्रश्न उठ्ने क्रम कञ्चनपुर घटनामा मात्र नभई , जब नेपालका हरेक दिदी-बहिनी, छोरी बलात्कृत हुन्छिन् अनि मारिन्छिन् तब सम्म चलिरहन्छ ।

दुर्भाग्यवश नेपालको सिंह दरबारमा रहेका मोटा बुढा सिंह लम्पसार छन् । सायद जनताको सजिलोको लागि नभई आफ्नो सुख सयलका हेतु यिनीहरूले गाउँ गाउँ मा सिंह दरबारको स्थापना गरेको हुनुपर्छ । माफ गर्नुहोला , तर अहिले सम्मको सरकारको क्रियाकलाप देख्दा यस्तै लाग्छ । भर्खरै नेपाल सरकारले नयाँ कानुनहरू पारित गरेको छ , कर वृद्धि गरेको छ । नयाँ पारित गरेका कानुनहरूलाई उचित तथा कडा तरिकाले कार्यान्वयन गर्न सके , जनताबाट उठाइएको कर बिकाशमुलक कार्ययोजनामा लगाए , जनतालाई पूर्ण सुरक्षाको अनुभूति गराउन सके र हरेक बलात्कारीलाई उचित अर्थात् फाँसीको सजायको व्यवस्था मिलाए , पक्कैपनी नेपालले जनताबाट ‘ए प्लस’ पाउने कुरामा दुई मत छैन ।