'मौनव्रत'मा प्रचण्ड: के पार्टीमा कमजोर भएको संकेत हो ? - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

‘मौनव्रत’मा प्रचण्ड: के पार्टीमा कमजोर भएको संकेत हो ?



काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय निकै मौन छन् । देशमा ठुला ठुला उथलपुथल हुँदापनि उनि चुइक्क बोलेका छैनन् ।

कतिपय प्रचण्ड निकटकाहरू पनि उनको मौनताको रहस्य नबुझेको बताउने गरेका छन् । देशमा कोरोनाको त्रास बढिरहेको बेला सरकार चलाएकै पार्टीको अध्यक्ष मौन बस्नुलाई कतिपयले फरक तरिकाले अर्थ्याउने गरेका छन् ।

साना साना कुरामा प्रतिक्रिया जनाईहाल्ने प्रचण्ड कोरोना महामारी देखि देशमा घटेका पछिल्ला केहि घटनामा पनि चुपचाप रहनुले सर्वसाधारण समेतले आश्चर्य ब्यक्त गर्न थालेका छन् । कोभिड–१९ भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा समेत उनि गुमनाम छन् ।

प्रचण्ड निकटका केहि नेताले केहि समय यता निकै तनावमा भएको बताउने गरेका छन् । प्रचण्डमाथि पार्टी भित्रैका केहि समुहले योजनाबद्द आक्रमण गर्ने गरिरहेको र उनलाई कमजोर बनाउने ध्याउन्नमा लागेकाले उनिमाथि तनाव थपिएको निकटहरूको दाबी छ।

कोरोना रोकथामकै लागि देशमा लकडाउन लगाएपछि चिनियाँ राष्ट्रपतिलाई लेखेको पत्र भाइरल पनि भयो र यो भाइरल हुनुको पछाडी पार्टीभित्रकै समुहको हात भएको निकटहरू बताउने गरेका छन् ।

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरूले समेत आवाज उठाउँदा समेत प्रचण्ड चुप नै छन् । यो प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री विवादमा परेपछि पार्टीका शीर्ष नेताहरुले सचिवालयको बैठक बस्ने पर्ने माग गरेको र निरन्तर दबाब दिएकाले बाध्यताले बसेको बैठकमा पनि उनले धेरै बोल्न नखोजेको बताइएको छ ।

एक हप्ताको समयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच जम्मा दुईपटक भेटघाट भएको बताइएको छ । भेटमा पनि प्रचण्ड खुलेर कुरा गर्न छाडेको स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार प्रचण्डका हरेक जसो क्रियाकलापहरूले केहि न केहि अर्थ बोकेको हुनाले यो मौनताले पनि एउटा पराकम्प ल्याउने बताउँछन् ।

सरकारका कामको विषयलाई लिएर पार्टीभित्र अन्तर्विरोध बढ्दै गएको छ। पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले स्वास्थ्य मन्त्रालयबाट भएको स्वास्थ्य सामग्री खरिद प्रकरण र सेनालाई स्वास्थ्य उपकरण खरिद गर्न दिएको विषयलाई लिएर सरकारको आलोचना सार्वजनिक गर्न थालेका छन्।

त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले समेत खरिद प्रक्रियामा कुनै तलमाथि नभएको र मिडियाले झुठा आरोप लगाएको अभिव्यक्ति दिएपछि प्रचण्ड पर्खा र हेरको रणनीतिमा रहेको बताइन्छ ।

प्रचण्डनिकट एक नेताले भने बोल्ने र प्रतिक्रिया दिने यो उचित समय नभएकाले पनि प्रचण्ड चुप रहेको बताएका छन् । तर पार्टी भित्रै ठुलो बिरोध भएको खरिद काण्ड लगायतमा नबोल्दा भने केहि शंका गर्ने ठाउँ रहेको उनि बताउँछन ।