नेकपा घोडाघोडी नगर कमिटिद्वारा राहत कोष स्थापना, सहयोग गर्न सबैलाई अपिल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेकपा घोडाघोडी नगर कमिटिद्वारा राहत कोष स्थापना, सहयोग गर्न सबैलाई अपिल



विशाल पाण्डेय/कैलाली
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमण रोक्नको लागि गरिएको लकडाउनबाट प्रभावित भएका विपन्न परिवारहरुलाई राहत वितरण गर्नको लागि नेकपा घोडाघोडी नगर कमिटिले राहत कोष स्थापना गर्ने भएको छ ।

सोमबार घोडाघोडी नगर कमिटी अध्यक्ष बाधुराम चौधरीको अध्यक्षतामा बसेको बैठकले राहत कोष स्थापना गरि नगर सरकार मार्फत अति विपन्न परिवारलाई राहत उपलब्ध गर्ने निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) घोडाघोडी नगर कमिटि सचिव खगेन्द्र हमालद्धारा हस्ताक्षर गरिएको अपिलमा हाल सम्म कोरोनाको उच्च जोखिममा रहेको सुदुरपश्चिम त्यसमा पनि कैलाली जिल्लामा ३ जना संक्रमित भेटिएपछि घोडाघोडी नगरबासि सचेत हुन जरुरी रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा केहिदिन देखिको लकडाउनका कारण श्रम गरि जिबन र्निबाह गरिरहेका बिपन्न तथा असहाय समुदायमा ठुलो असर परेकाले संकटको घडिमा राहत पुर्‍याउनका लागि सक्दो सहयोग गर्न सबैमा अपिल गरिएको छ ।

साथै संकलन भएको सहयोग रकम नगरपालिकालाई हस्तान्तरण गरि श्रम गरि जिबन र्निबाह गरिरहेका बिपन्न बर्गलाई बितरण गरिने जानकारी दिइएको छ ।

राहतकोषमा ईच्छुक सबैले रकम जम्मा गर्न सकिने नगर कमिटी सचिव हमालले जानकारी दिए । यसका लागी कृषि विकास बैंकको खाता नम्वर ०८२२३०१६०७८६३०१८ रहेको छ ।