राप्रपाका युवा नेताहरूले गरे ट्राफिक प्रहरीलाई मास्क वितरण - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

राप्रपाका युवा नेताहरूले गरे ट्राफिक प्रहरीलाई मास्क वितरण



काठमाडौं- अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका उपाध्यक्ष तथा राप्रपाका युवा नेता हिकमत जङ्ग कार्की र कैलाश कटवालले ट्राफिक प्रहरीलाई मास्क वितरण गरेका छन् ।

ट्राफिक प्रहरीहरूले जोखिम मोलेर जनताको सेवामा दिनरात खटिरहेका बेला केहि भएपनि जोखिम कम गर्न उनीहरूलाई मास्क वितरण गरिएको कार्की र कटवालले बताएका छन् ।

उनीहरूले ट्राफिक कार्यालय रामशाह पथ पुगेर महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल तथा प्रवक्ता जीवन श्रेष्ठलाई ६ सय मास्क हस्तान्तरण गरेका थिए । साथै उनीहरूले देश विषम परिस्थितिमा भएका बेला प्रहरीले जनतालाई दिएको सेवा अमुल्य रहेको भन्दा आभार समेत ब्यक्त गरेका थिए ।

कार्की र कटवालले सबै राजनीतिक दलका युवाहरूले जनताको सेवामा खटिनुपर्ने भन्दै पार्टी भन्दा माथि उठेर सबै जनताको सेवा गर्नुपर्ने समेत बताएका छन् ।

युवा सङ्गठनका उपाध्यक्ष कटवालले आफूहरूले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूलाई पनि सहयोग वितरण गर्ने खुलाएका छन्।