अब अमेरिका चीनको पञ्जामा - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

अब अमेरिका चीनको पञ्जामा



न्यूयोर्क– अमेरिकीको जीवन चीनको हातमा पुगेको छ।

चीन, जसलाई ह्वाईट हाउसले रणनीतिक प्रतिस्पर्धी मान्दछ, स्टेट डिपार्टमेन्टले अधिनायकवादी राज्यका रुपमा व्याख्या गर्छ जसमा धेरै मानव अधिकार उल्लंघनका घटना हुन्छन्, यस्तो देश जसलाई ह्वाइट हाउसले आफ्नो अर्थतन्त्रको निरन्तर फाइदा लिइरहेको भन्दै आएको छ, यस्तो देश जसको नेतृत्व सेक्रेटरी अफ स्टेट माइक पम्पियोको भाषा हाम्रो स्वास्थ्य र जिवनका लागि थ्रेट हो, यस्तो देश जसलाई डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीको सत्यता लुकाएको आरोप लगाउँदै आएका छन्।

चीन, यस्तो देश जसबाट अमेरिकी जनताको जिवन बचाउन अमेरिका मेडिकल सामग्री उपलब्ध हुने आशा गरिरहेको छ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिनुमा जिम्मेवारी मानिएको चीन यतिबेला यसको भयंकर प्रभावबाट सबैभन्दा बढी फाइदा लिने स्थानमा देखिएको छ।

अमेरिकी गुप्तचर निकायले चीनको विश्व अर्थतन्त्रमा आफ्नो प्रभाव विस्तार गर्ने चाहना रहेको बताउँदै आएको छ। अहिले कोरोना भाइरसको इपिसेन्टर अमेरिकामा सिफ्ट भएको छ जहाँ अप्रिल ४ सम्मको तथ्यांकलाई हेर्ने हो भने ३ लाख भन्दा बढी संक्रमित भएका छन्। तयारीमा ट्रम्पको कमजोरीले विश्व अर्थतन्त्रमा चीनको पहुँच तिव्रतासाथ विस्तार भएको छ।

कोरोना भाइरसले अमेरिकामा असर पुर्‍याउनुअघि ट्रम्पले अत्यावश्यक सामग्रीहरु तयारी अवस्थामा राख्नु पर्थ्यो। तर यो हुन सकेन।

ट्रम्पले डिफेन्स प्रडक्ट एक्टलाई समयमा प्रयोग गर्न हिच्किचाउँदा स्थिती थप बिग्रिएको छ। ट्रम्पले भेन्टिलेटर्स र एन ९५ मास्कजस्ता अत्यावश्यक सामग्री उत्पादन गरि उपलब्ध गराउन घरेलु उधोगलाई आग्रह गरेका छन्।

सात हजारभन्दा बढी अमेरिकीको मृत्यु भएपछि शुक्रबार ट्रम्पले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट निर्यात बन्द गर्ने बताएका छन्।

ट्रम्प प्रशासनले महामारीका लागि समयमा तयारी नगर्दा अमेरिकी जनतासँग जहाँबाट सामान पाइन्छ त्यहाँबाट ल्याउनुको विकल्प छैन। (सीएनएनबाट)