रुपन्देहीको सीमानामा भेटिए छ जना कोरोना सङ्क्रमित - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

रुपन्देहीको सीमानामा भेटिए छ जना कोरोना सङ्क्रमित



काठमाडौं- रुपन्देहीको सीमानामा ६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएसँगै नेपाल प्रवेश गर्ने सीमामा थप कडाइ गरिने भएको छ।

रुपन्देहीको मर्चवारीमाई गाउँपालिकासँग सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपासका गाउँमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यी दुई गाउँ र रूपन्देहीको सीमा १० मिनेटको पैदल दूरीमा छ। मर्चवारबासी नियमित रूपमा जाने बजार ती स्थानकै रहेकाले स्थानीय त्रसित भएका छन्।

सीमावर्ती भारतीय गाउँमा कोरोना संक्रमित भेटिएसँगै रुपन्देही प्रशासनले सीमा क्षेत्रमा थप कडाइ गरेको छ।

अब सीमा क्षेत्रमा एकले अर्कोलाई देख्ने गरी सशस्त्र प्रहरी परिचालन गर्न लागिएको बताइएको छ ।

भारतको गाउँमा फेला परेका संक्रमित दिल्लीको तबलिगी मरकजमा सहभागी भएर आएकाहरू भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।