मन्त्रिपरिषद्को बैठक सम्पन्न: यस्ता छन् निर्णय - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

मन्त्रिपरिषद्को बैठक सम्पन्न: यस्ता छन् निर्णय



काठमाडौं- सरकारले लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको छ।

आज (शनिबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्काे स्थानीय तहकाे आवगमनमा कडाइ गर्ने निर्णय गरेको छ।

यसैगरी पछिल्लाे समय काेराेना सङ्क्रमित भेटिएका कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेस्टमार्फत परीक्षण गर्ने निर्णय गरेकाे उनले बताए।

ती जिल्लामा सङ्क्रमण थप फैलन नदिन आशङ्‍‍का लागेका सबैकाे नमुना परीक्षण गरिने उनले बताए।

स्वास्थ्यकर्मीकाे मनाेबल बढाउन उनीहरुलाई स्वास्थ्य सुरक्षाका उपकरणहरु यथाशक्य चाँडो उपलब्ध गराउनेलगायत निर्णयसमेत भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

यसअघि सरकारले स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्तालगायत सुविधा उपलब्ध गराउने निर्णय गरेकाे थियाे।