सुदूरपश्चिममै एकैदिन तीन जना संक्रमित - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सुदूरपश्चिममै एकैदिन तीन जना संक्रमित



काठमाडौं– सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये कैलालीका दुई र कञ्चनपुरका एक जना छन्। तीमध्ये दुई जना भारतबाट फर्किएका हुन्।

मन्त्रालयका अनुसार भारतको उत्तराखन्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय र मुम्बईबाट आएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको हो।

यस्तै, कैलाली, धनगढीका कोरोना संक्रमित व्यक्तिका आफन्तलाई पनि कोरोना संक्रमण देखिएको छ। नेपालमा स्वदेशमै रहेकालाई कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो।

यसअघि दुबईबाट फर्किएका धनगढी ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। 

अन्य संक्रमितमध्ये २ जनाको टेकु अस्पताल र २ जनाको बाग्लुङ र एक जनाको धनगढीमा उपचार भइरहेको छ। 

संक्रमित एकजना निको भइसकेका छन्।